6 years ago
March 27, 2019
एजेन्सी – युरो छनोटको समूह ‘डी’ को खेलमा आयरल्यान्डले संघर्षपुर्ण जित निकाल्दा स्वीट्जरल्यान्ड र डेनमार्कले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
आयरल्यान्डले जर्जियालाई १–० ले पराजित गरेको हो । आयरल्यान्डको जितमा पहिलो हाफमा कोनोर हुरीहानेले गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै आयरल्यान्ड अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । जर्जिया अंकविहीन हुदै पुछारमा छ ।
यही समूहको अर्काे खेलमा डेनमार्कले ३–० ले पछि परेको स्थितिमा रोमाञ्चक बराबरी खेलेको छ ।
स्वीट्जरल्यान्डका रेमो फ्रिउलेर, ग्राइट झाका र ब्रेल इम्बोलोले गोल गरे ।
डेनमार्कका म्याथिस जर्गेन्सन, क्रिस्टियन ज्याटजर र हेनरिक डल्सगार्डले गोल गरे । डेनमार्कले ६ मिनेटको अन्तरमा तीन गोल गर्दै सम्भावित हार टारेका थिए ।
बराबरीपछि स्वीट्जरल्यान्ड ४ अंकसहित दोस्रो तथा डेनमार्क १ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]