6 years ago
March 27, 2019
एजेन्सी – फरवार्ड अल्भेरो मोराटाले दुई गोल गरेपछि युरो छनोटमा स्पेनले माल्टामाथि २–० को सहज जित निकालेको छ ।
माल्टाको मैदानमा मंगलबार राति भएको खेलमा मोराटाले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरे । मोराटा सन् २०१७ नोभेम्वर पछि टिमको लागि गोल गर्न सफल भएका हुन् । माल्टालाई खेलको सुरुवातदेखि नै खेलमा दवावमा राखेको स्पेनले खेलको ३१औं मिनेटमा गोलको खाता खोलेको थियो । उनले मारियो हरमोसोको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा पनि स्पेनले खेलमा दवाव राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । लगातारको आक्रमण विफल भएपनि अन्ततः ७३औं मिनेटमा गोलको लागि सफल भएको थियो । यसपटक पनि मोराटाले जेसस नाभासको पासमा गोल गर्दै स्पेनलाई २–० को सहज जित दिलाए ।
यस जितसँगै स्पेन समुह ‘एफ’ मा दुई जितसँगै ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । माल्टा ३ अंकसहित चौथो स्थानमा छ ।
यही समुहको अर्काे खेलमा रोमानियाले फारोइ आइल्यान्डलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । रोमानियाको जितमा क्लाडिउ केशेरुले दुई तथा, सिप्रियन लोन डिक र जर्ज पुकासले गोल गरे । पराजित टिमका भिल्जोरमरले एक गोल फर्काए । जितसँगै रोमानिया ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । आइल्यान्ड अंकविहीन हुदै पुछारमा छ ।
समूहको अर्काे खेलमा स्वीडेन र नर्वेले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । नर्वेका मार्स जोनसेन, जोसुवा किङ र ओला कामराले गोल गरे । स्वीडेनका भिक्टर क्लेसन र रोविन क्वासिनले गोल गर्दा एक गोल उपहार पाएको थियो । स्वीडेन ४ अंकसहित दोस्रो तथा नर्वे १ अंकसहित पाँचौ स्थानमा छ ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]