default_image

6 years ago

March 27, 2019

जेससको दुई गोलमा ब्राजिल विजयी

91 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससको दुई गोल सहायतामा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ ।

ब्राजिलले चेकरिपब्लिकलाई ३–१ ले पराजित गरेको हो । ब्राजिलका लागि अर्काे गोल रोबर्टाे फिर्मिनोले गरे । चेकका डेभिड पाभेलकाले सुरुवाती गोल गरेका थिए । घरेलु टोलीविरुद्ध ब्राजिलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो ।

३७औं मिनेटमा डेभिड पाभेलकाले गोल गरेपछि ब्राजिल पहिलो हाफमा १–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्दै सहज जित आत्मसात गर्न सफल भयो ।

खेलको ४९औं मिनेटमा फिर्मिनोले बराबरी गोल फर्काएपछि ब्राजिल खेलमा फर्किएको थियो । त्यसपछि ७ मिनेटको अन्तरमा जेससले दुई गोल गरेपछि ब्राजिलले सहज जित निकाल्यो । जेससले खेलको ८३औं मिनेटमा र ९०औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३–१ को सहज जित दिलाए ।

ब्राजिल यसअघिको पहिलो मैत्रीपुर्ण खेलमा पानमासँग १–१ गोलको बराबरीमा रोकिदा चेक इंग्ल्यान्डसँग ५–० ले पराजित भएको थियो ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.