9 years ago
April 29, 2016
काठमाडौं – सुपर लिगमा पूर्वाञ्चललाई ६–० ले हराउँदै त्रिभुवन आर्मी क्लबले महिला राष्ट्रिय लिगको उपाधि जित्ने सम्भावना मजबुद जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार आर्मीले अन्तिम खेलमा आइतबार एपिएफलाई बराबरीमा रोके पनि उपाधि जित्नेछ । सुपर लिगमा आर्मीले लगतार दुइ खेल जित्दै ६ अंक जोडेको छ । नेपाल पुलिस र एपिएफको समान ३ अंक छ । पूर्वाञ्चलले खाता खोल्न सकेको छैन ।
आर्मीकी सपना लामा र शर्मिला थापाले समान २ गोल गरे भने कविता धिमाल र इन्दिरा राईले थप गोल गरे ।
सपनाले पहिलो मिनेटमै गोल गरिन् भने कविताले आठौं औं मिनेटमा गोल गरिन् । सपनाले १९ औं मिनेटमा अर्को गोल गरिन् । इन्दिराले ५४ औं मिनेटमा तथा शर्मिलाले ६६ र ९० मा गोल गरिन् ।
सुपर लिगमा आर्मीले साबिक विजेता नेपाल पुलिसलाई ३–२ ले हराएको थियो ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]