6 years ago
March 26, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली महिला राष्ट्रिय फुटबल टोली विराटनगरमा आयोजित पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भयो । साफको फाइनल जितेको भारतीय टोलीले उपाधि जितेको खुसियाली मनाउने समय भने पाएन ।
कारण उपाधि जितेको रात नै विराटनगरबाट काठमाडौं आइपुगेको टोली शनिबार नै स्वदेश फर्कियो । आइतबार विश्राम गरेर भारतीय टोली सोमबार म्यानमारतर्फ प्रस्थान गरेको थियो । मंगलबार म्यानमार पुगेर भारतीय टोलीले प्रशिक्षण पनि गरिसकेको छ । अर्को बुधबारदेखि म्यानमारमा सुरु हुने ओलम्पिक छनोटको तयारीका लागि भारत एक साताअघि नै म्यानमार पुगेको हो ।
नेपालले ओलम्पिक छनोटमा भारतसँगै आयोजक म्यानमार र इन्डोनेसियाको सामना गर्दैछ । निकै गर्मी मौसम रहने हुनाले भारत खेल हुनुभन्दा ८ दिन अघि नै प्रतियोगिता स्थल पुगेको भारतीय टोलीकी प्रशिक्षक मेमोल रकीले बताइन् । ‘ ओलम्पिक छनोटका लागि हामीले केहि दिन अघि नै आएर प्रशिक्षण गर्नु फाइदाजनक हुनेछ । ठूला प्रतियोगितामा अन्य टोलीको तयारी हेर्दा हामीले यहि देख्न सक्छौं,’ उनले भनिन्, ‘ खेलाडीलाई नयाँ वातावरणमा घुलमिल हुन २-३ दिन लाग्छ । त्यसैले पहिलो खेलको लागि हामी उचित रुपमा तयार हुन यहाँ आएका हौं । यहाँको मौसम निकै गर्मी हुन्छ ।’
'Early advantage' 💪 for Indian 🇮🇳 Women as they land 🛬 in Myanmar 🇲🇲#BackTheBlue #ShePower #IndianFootball
— Indian Football Team (@IndianFootball) March 26, 2019
Read 👉 https://t.co/0l46wuxaYF pic.twitter.com/NVwUi4IJ1b
प्रशिक्षक रकीले विराटनगरको गर्मी मौसमले पनि ओलम्पिक छनोटलाई सघाउ पुगेको बताइन् । ‘विराटनगरमा पनि मौसम केहि गर्मी थियो । त्यसले हामीलाई केहि सघाउ पुगेको छ । टोलीलाई अब यहाँ म्यानमारमा सहज हुने अपेक्षा गरेको छु,’ प्रशिक्षक रकीले थपिन्, ‘मौसम मात्र नभएर यहाँ चाडैं आउँदा प्रशिक्षण गर्ने ठाउँ, खेल हुने मैदानबारे पनि राम्रो जानकारी हुन्छ । मानसिक रुपमा पनि अन्य टोलीभन्दा राम्रो स्थितिमा हुन सकिन्छ ।’
यता नेपाली टोली भने साफको फाइनल पछि भोलिपल्ट एन्फाको साधारण सभामा उपस्थिति जनाउन विराटनगरमा रहयो । आइतबार साँझ मात्र काठमाडौं आइपुगेको नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने कार्यक्रम रहेको छ । म्यानमार जस्तो गर्मी स्थानमा खेल्न जाने नेपाली टोली काठमाडौंको मध्यम मौसममा केहि दिन प्रशिक्षण गरेर म्यानमार प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
साफको फाइनल खेलमा पहिलो हाफ प्रतिस्पर्धात्मक भएपनि दोस्रो हाफमा केहि फितलो प्रदर्शन भएपछि नेपाल पराजित भएको थियो । पछिल्ला केहि खेलमा भारतविरुद्ध सुखद नतिजा हात पारेको नेपाल फाइनलमा पराजित हुँदै ऐतिहासिक सफलता हासिल गर्नबाट बन्चित भयो । प्रशिक्षक हरि खड्का रणनीतिक रुपमा टोली भारतविरुद्ध कमजोर भएपनि आफ्नो योजना पूर्ण रुपमा सफल नहुँदा नै हार बेहोर्नुपरेको बताए । उनले यस प्रतियोगितामा नेपालले भारतलाई ‘डर’ देखाउन भने सफल रहेको बताए ।
‘हामीसँग फाइनलमा इतिहास रच्ने मौका थियो । भारत हामीभन्दा राम्रो टोली भएपनि हामीसँग हराउने क्षमता भने थियो । मैले बुझाउन नसकेको भनौं वा खेलाडीले बुझ्न नसकेको, हाम्रो योजना अबलम्बन गर्न नसक्दा हार बेहोर्नुपर्यो । अब ओलम्पिक छनोटमा नयाँ सुरुवात हुनेछ । हामी सुखद नतिजा ल्याउने प्रयासमा जुट्नेछौं,’ प्रशिक्षक खड्काले भने ।
ओलम्पिक छनोटको पहिलो चरणमा नेपालले म्यानमार र भारतलाई बराबरीमा रोकेको थियो । इन्डोनेसिया भने नेपालको लागि नयाँ प्रतिद्वन्द्वी हो । प्रशिक्षक खड्का म्यानमारमा यसअघि गरेको प्रदर्शन दोहोर्याउन चाहन्छन् । ‘हामीले पहिलो चरणमा भारत र म्यानमारलाई रोकेका थियौं । त्यसपछि पनि दुवै टोलीसँग २-२ पटक खेलिसकेका छौं । हाम्रो गल्तीलाई सुधार्दै अगाडी बढ्ने लक्ष्य रहेको छ । इन्डोनेसियाबारे भने उनीहरुको पहिलो खेल हेरेपछि सोच्नेछौं,’ खड्काले भने ।
नेपाली टोली म्यानमारमा ओलम्पिक छनोट खेल्ने तालिका धेरै अगाडी सार्वजनिक भएको थियो । साफ च्याम्पियनसिप सकिएपछि नेपाली टोलीले विराटनगरमा रहेर प्रशिक्षण गर्दा टोलीको लागि लाभदायिक हुनेमा दुइमत छैन । काठमाडौंमा मौसम मात्र नभएर उचित खेलमैदान पनि छैन । अझ पछिल्लो केहि दिन मौसम बदलि भइ वर्षा भएका कारण टोलीलाई मौसमसँग घुलमिल हुन समस्या पर्ने देखिन्छ ।
नेपालले सन् २०१९ मा साफ च्याम्पियनसिप र हिरो गोल्डकपमा कुल ८ खेल खेलेको छ । यस समयमा भारतले १४ खेल खेल्न सफल भयो । भारतले पछिल्लो समय म्यानमार, नेपाल र इन्डोनेसिया सबैसँग प्रतिस्पर्धा गर्यो । मिश्रित नतिजा हात पारेपनि भारतले लगातार प्रदर्शन सुधार गरेको छ । ओलम्पिक छनोटमा एकमात्र टोली छनोट हुने र म्यानमार दावेदार टोलीका रुपमा अगाडी आएपनि भारतले आफ्नो तर्फबाट पूर्ण तयारी गरेको छ ।
यता नेपाल भने साफ च्याम्पियनसिप पछिको विश्रामबाट बुधबार प्रशिक्षण सुरु गर्दैछ । दोस्रो चरणमा कठिन प्रतिस्पर्धाका लागि टोलीमा केहि परिवर्तन हुने संभवाना पनि छ । यसका लागि टोलीले ३-४ दिनको प्रशिक्षण समय पाउनेछ । ऐतिहासिक सफलता दिलाउन तत्पर प्रशिक्षक हरि खड्काले केहि दिनमै टोली घोषणा गरेर म्यानमारको गर्मी मौसममा टोलीलाई उतार्नेछन् ।
March 19, 2025
सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]