6 years ago
March 26, 2019
एजेन्सी – चेल्सीका मिडफिल्डर रोस बार्कलीको दुई गोल मद्दतमा इंग्ल्यान्डले युरो छनोटको दोस्रो खेलमा पनि शानदार जित निकालेको छ ।
छनोटको पहिलो खेलमा चेक रिपब्लिकलाई ५–० ले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा मोन्टेनेग्रोमाथि ५–१ को शानदार जित निकालेको हो ।
मोन्टेनेग्रोको घरेलु मैदानमा सोमबार राति भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । इंग्ल्यान्डको शानदार जितमा रोस बार्कलीले दुई तथा माइकल किन, ह्यारी केन र रहिम स्ट्रलिङले गोल गरे । मोन्टेनेग्रोका मार्काे भेसोभिकले एक गोल गरे ।
१७औं मिनेटमा मार्काेको गोल गरेपछि इंग्ल्यान्ड खेलमा पछि परेको थियो । तर, घरेलु टोलीको त्यो अग्रता लामो समय टिकेन । ३०औं मिनेटमा रोसको पासमा किनले बराबरी गोल फर्काएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।
३९औं मिनेटमा रोस बार्कलीले गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनायो । उनले चेल्सीका सहकर्मी कलुम हड्सन ओडोईको पासलाई सदुपयोग गरेका थिए । ५९औं मिनेटमा बार्कलीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–१ को अग्रता बनायो ।
७१औं मिनेटमा ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो । केनले रहिमको पासलाई सदुपयोग गरेका थिए । ८१औं मिनेटमा रहिमले गोल गर्दै इंग्ल्यान्डलाई ५–१ को हानदार जित दिलाए ।
जितसँगै इंग्ल्यान्ड युरो छनोटको समूह ‘ए’ मा दुई खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । पराजित मोन्टेनेग्रो १ अंकसहित चौथो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा बुल्गेरिया र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । बुल्गेरिया २ अंकसहित दोस्रो तथा कोसोभो १ अंकसहित तेस्रो स्थानमा छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]