9 years ago
April 29, 2016
काठमाडौं – रुपन्देही–११ लाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब नेपालगन्ज रंगशालामा जारी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गोलकिपर गंगाराम देउजाले दुईवटा पेनाल्टी जोगाएपछि ४–२ ले विजयी हुँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
विपक्षीका दुई पेनाल्टी रोकेका म्यान अफ दी म्याच गंगारामले टाइब्रेकरमा आफैले गोल पनि गरे । उनले रुपन्देहीका पुकार गहतराजको पहिलो र कालु थापाको अन्तिम पेनाल्टी रोकेका थिए । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको १८ औं मिनेटमा सुदीप श्रेष्ठको गोलबाट आर्मीले अग्रता बनाएको थियो । ३५ औं मिनेटमा रितेश मल्लले गोल गरेपछि पहिलो हाफमै खेल १–१ को बराबरीमा पुगेको थियो । दोस्रो हाफमा कुनै टोलीले गोल थप्न सकेन र खेल टाइब्रेकरमा धकेलियो । आर्मीले अब वैशाख २० गते सुदूरपश्चिम–११ सँग सेमिफाइनल खेल्नेछ । पोखरामा शनिबार आर्मी मनकामना केबुलकार पोखरा कपको फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग ५–० ले पराजित भएको थियो । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले आपसी तालमेल नहुँदा हार बेहार्नुपरेको बताए । आर्मीका प्रशिक्षक डाइमोज धिमालले खेलाडी नयाँ भएकाले अग्रता जोगाउन नसकेको बताए । उनले ‘ सिनियर खेलाडी घाइते छन् । अनुभवको कमीले कठिन भयो ।’ प्रतियोगितामा शनिबार ए डिभिजन क्लब सरस्वती क्लब र वेस्ट काठमाडौं एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]