default_image

6 years ago

March 26, 2019

कुवेतसँग नेपाल पराजित

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोली कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको छ ।

खेलको २९ हौं मिनेटमा कुवेतले खेलको निर्णायक गोल गरेको थियो । डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । जुन अवसरलाई युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाए ।

खेलदौरान कुवेतले अधिकांश समय अाक्रमण गरेपनि गोलरक्षक किरण चेम्जोङ लगातार बाधक बनिरहे । पहिलो खेलमा गोलरहित बराबरी नतिजा हात पार्दा उत्कृष्ट रहेका किरणले दोस्रो खेलमा पनि अाफ्नो लय कायम राखे । प्रशिक्षक योहान कालीनले पहिलो खेलबाट अग्रपंक्तिमा दुई खेलाडी परिवर्तन गरेपनि अाक्रमणमा नेपाल फितलो देखिएको थियो ।

यससँगै कुवेत टुरमा नेपालले २ खेलमा १ बराबरी र १ हार बेहोरेको छ । प्रशिक्षक योहान कालीनको पहिलो जिम्मेवारीमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रह्यो । पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध नभएको अवस्थामा कालीनले नयाँ खेलाडीलाई मौका दिएका थिए ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.