6 years ago
March 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेलका लागि प्रशिक्षक योहान कालीनले टोलीमा दुई परिवर्तन गरेका छन् ।
पहिलो खेलमा अग्रपंक्ति सम्हालेका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामा पहिलो रोजाईमा परेका छन् । आशिषको यो राष्ट्रिय टोलीबाट डेब्यु पनि हो । विमल भने पछिल्लो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेपछि पहिलो रोजाइमा उत्रँदै छन् ।
नेपाल एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका आशिष पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । कुवेतविरुद्ध पहिलो खेलमा नेपालले गोलरहित बराबरी खेल्दा आशिषले मैदान प्रवेश गर्ने मौका पाएका थिएनन् । उक्त खेलमा नेपालका लागि ५ खेलाडीले डेब्यु गरेका थिए । आजको खेलमा आशिषले डेब्यु गर्ने भएसँगै अब टोलीमा रहेका ६ खेलाडीले यस टुरमा डेब्यु गर्ने भएका छन् ।
नेपाल र कुवेतको खेल नेपाली समयानुसार रातको ९:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । गोलरक्षक किरण चेम्जोङले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । आजको खेलमा उनले नै गोलपोस्ट सम्हाल्नेछन् । डिफेन्समा रञ्जित धिमाल, अजित भण्डारी, देवेन्द्र तामाङ र कप्तना विराज महर्जन रहनेछन् ।
मिडफिल्डमा रोहित चन्द र विक्रम लामासँगै सुजल श्रेष्ठ र सुमन लामा हुनेछन् । विमल राना र आशिष लामाको जोडीले नेपालको फरवार्ड लाइन सम्हाल्नेछन् ।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]