default_image

6 years ago

March 25, 2019

दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने योजना

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय फुृटबल टोलीले आज राति दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई खेलको लागि कुवेत रहेको नेपाली टोलीले पहिलो खेलमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो मैत्रीपुर्ण खेल कुवेतस्थित रंगशालामा आज राति ९ बजेपछि प्रतिस्पर्धा हुदैछ ।

नेपाली टोलीका स्वीडिस प्रशिक्षक योहान कालिनले पहिलो पहिलो खेलको प्रदर्शनलाई नै निरन्तरता दिनका लागि मैदानमा उत्रने बताएका छन् ।

‘कुवेत हामीविरुद्ध आक्रामक अबस्थामा रहने छ । त्यसैले हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो । अघिल्लो खेलमा जस्तै संयमित भएर प्रदर्शन गर्ने छौं, प्रशिक्षक कालिनले भने, ‘हाम्रो लक्ष्य कम्तीमा बराबरी खेल्ने हो । टिममा धेरै बदलाव हुने छैन् । खेलाडीले मिहेनत गरेका छन् । पहिलो खेलले आत्माविश्वास बढेको छ । जसले गर्दा दोस्रो खेलमा पनि सकरात्मक नतिजा आउनेमा म विश्वस्त छु ।’

यता, नेपाली टिमका कप्तान विराज महर्जनले कुवेत हामी भन्दा बलियो टिम रहेपनि उसलाई हामी पनि कम होइनौं भन्ने कुरा देखाएका बताउदै रोक्नकै लागि खेल्ने बताएका छन् ।

‘दोस्रो खेलमा पनि हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं । सबै खेलाडीहरुले आफ्नो तर्पmबाट सक्दो प्रयास गर्नेछौं,’ कप्तान महर्जनले भने, ‘पहिलो खेलमा कुवेतलाई बराबरीमा रोकेकाले सोहि लयलाई निरन्तरता दिनकै लागि हामी मैदानमा उत्रने छौं ।’

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्र्पात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

May 15, 2025

एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अवहेलनाको मुद्दा दायर

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध  अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]

Success

Thank you for your time.