default_image

6 years ago

March 25, 2019

हजार्डको १००औं खेलमा बेल्जियमको सहज जित

72 views

0 Bookmark

एजेन्सी – कप्तान इडेन हजार्डले १००औं क्याप जितेको खेलमा बेल्जियमले सन् २०२० मा हुने युरोकप छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।

युरो छनोट अन्तरगत आइतबार राति भएको बेल्जियमले साइप्रसलाई २–० ले पराजित गरेपछि लगातार दोस्रो जित हात पारेको हो ।

बेल्जियमको जितमा कप्तान इडेन हजार्ड र मिचे बात्सुयाईले गोल गरे । बेल्जियमले सुरुवाती २० मिनेटमै २–० को अग्रता बनाएको थियो । त्यही सुरुवाती गोल नै बेल्जियमको जितमा पर्याप्त बन्यो ।

बेल्जियमका लागि १००औं अ‍ेल खेलिरहेका हाजार्डले खेलको १०औं मिनेटमा मिचे बात्सुयाईको पासमा कप्तान हजार्डले गोल गर्दै खेलमा अग्रता बनाएको थियो । यससँगै हजार्ड बेल्जियमबाट १०० क्याप जित्ने तेस्रो खेलाडी बने ।

१८औं मिनेटमा मिचे बात्सुयाईले थोर्गन हाजार्डको पासमा गोल गरेपछि बेल्जियमले अग्रता दोब्बर बनायो । त्यसपछि पनि खेलमा दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा सुरुवाती गोल नै बेल्जियमको जितमा पर्याप्त बन्यो ।

जितसँगै बेल्जियम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक जित र हार बेहोरेको साइप्रस ३ अंकसहित चौथो स्थानमा छ ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.