6 years ago
March 25, 2019
एजेन्सी – युरो छनोटको खेलमा जर्मनीले नेदरल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीले नेदरल्यान्डमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।
नेदरल्यान्डको घरेलु मैदानमा योहान क्रुफ एरिना आम्सटरडमा भएको खेलमा जर्मनीलाई जिताउन लिरोए साने, सर्जि जिनाब्री र निको स्कुल्जले गोल गरे । घरेलु टोलीका म्याथिज डि लिज र मेम्फिस डिपेले गोल गरे ।
निकै नै रोमाञ्चक बनेको खेलमा जर्मनीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । १५औं मिनेटमा लिरोए सानेले निको स्कुल्जको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा सर्जि जिनाब्रीले एन्टेनियो रुडिगरको पासमा गोल गरेपछि घरेलु टोली २–० ले पछि परेको थियो ।
तर, दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएका थिए । म्याथिजले म्याम्फिस डिपेको पासमा गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो । ६३औं मिनेटमा जर्जिन्हो विज्नल्डमको पासमा म्याम्फिस डिपेले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा निको स्कुल्जले गोल गरेपछि जर्मनीले खेल ३–२ ले आफ्नो पक्षमा पा¥यो ।
जितसँगै जर्मनीले समूह ‘सी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ३ अंक जोडेको नेदरल्यान्ड तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा नर्दन आयरल्यान्डले बेलारुसलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा यथावत रह्यो । नर्दन आयरल्यान्डको जितमा जोनी इभान्स र जोस माजेनिसले गोल गरे । बेलारुसका इगरले एक गोल फर्काए ।
जितसँगै नर्दन आयरल्यान्डले अपराजित रहँदै ६ अंक जोड्यो । बेलारुसले जित निकाल्न सकेको छैन ।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]