6 years ago
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल र कतार भिड्दैछन् ।
पहिलो हाफमा घरेलु टोली कतारले १-० को अग्रता लिएको छ । खेलको २४ अौं मिनेटमा कतारले अग्रता लिएको थियो। हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए ।
नेपाल खेलको अधिकांश समय कतारको अाक्रमण विफल पार्न नै व्यस्त देखिएको छ । नेपालका गोलरक्षक अर्पण कार्कीले केहि राम्रो बचाउ गर्दै खेलमा अग्रता फराकिलो हुन दिएका छैनन् ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]