6 years ago
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ए को खेलमा कतारसँग ५-० ले पराजित भएको छ । यस हारसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना सकिएको छ ।
खेलको २४ अौं मिनेटमा कतारले अग्रता लिएको थियो। हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए । पहिलो हाफमा कतारले १-० को अग्रता लिएको थियो ।
दोस्रो हाफको ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारको अग्रता दोब्बर पारे । ६० औं मिनेटमा कतारी खेलाडीको प्रहार रोक्ने क्रममा दिनेश राजवंशीलाई लाग्दै गोल भएपछि कतार ३-० ले अगाडी बढेको थियो । कप्तान रावीले ७९ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै अग्रता थप फराकिलो बनाए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा अब्दुल्ला अलहरकले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्कीले फुस्काएपछि कतारले ५-० को जित पक्का गरेको थियो । यस जितसँगै कतारको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । नेपाल भने समूह चरणबाट बाहिरिएको छ ।
नेपालले अब अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ । खेल मंगलबार हुनेछ ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]