6 years ago
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेलका लागि नेपालले पहिलो खेलबाट एक खेलाडी परिवर्तन गर्ने भएको छ ।
ओमानसँग पहिलो खेलमा १–० गोलले पराजित हुँदा मिडफिल्डर हेमन्त थापामगरले चोट बोकेका थिए । उनको स्थानमा नितिन थापाले आज मैदानमा उत्रने भएका छन् । हेमन्तले भने प्रतियोगिताका बाँकी सबै खेल गुमाउने टोलीका डाक्टर राजु डंगोलले जानकारी दिएका छन् । नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
कतारविरुद्धको सुरुवाती रोजाइमा गोलरक्षक अर्पण कार्की रहनेछन् । डिफेन्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ खेल्नेछन् । रक्षात्मक मिडफिल्डमा तेज तामाङ तथा सेन्टर मिडफल्डमा गौरव बुढाथोकी र नितिन थापा खेल्नेछन् । विंगर अन्जन विष्ट र सुनील बलले स्ट्राइकर विमल घर्तीमगरलाई साथ दिनेछन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]