default_image

6 years ago

March 24, 2019

ब्राजिल पानामासँग रोकियो

91 views

0 Bookmark

एजेन्सी – पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिललाई विश्व वरीयताको ७६ औं स्थानमा रहेको पानामाले बराबरीमा रोकेको छ । शनिबारको मैत्रीपूर्ण खेलमा ब्राजिल १-१ को बराबरीमा रोकिएको हो ।

ब्राजिलले खेलको ३२ मिनेटमा लुकास पाकेटाको गोलमा अग्रता बनाएको थियो । तर चार मिनेट नबित्दै पानामाका अडोल्फो मकाडोले गोल गर्दै खेल बराबरीमा ल्याए । तेस्रो वरियताको ब्राजिलले खेलको बाँकी समयमा थप अवसर सिर्जना गरेपनि गोल थप्न भने सफल हुन सकेन । यसक्रममा ब्राजिलका रिचार्लीसन र क्यासेमिरोको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।

पोर्चुगलको पोर्टोमा खेलिएको खेलमा एडरसन, रोबर्टो फिर्मिनो र रिचारलीसनले सुरुवाती रोजाईमा अवसर पाएका थिए । बेन्चबाट ग्याब्रिएल जेसस, एभरटन र फिलिपे एन्डरसनले मौका पाएपनि गोलको अवसर सदुपयोग गर्न असफल रहे । चोटका कारण नेयमार लगातार टिमबाहिर हुँदा क्यसेमिरोले कप्तानी गरेका थिए ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.