default_image

6 years ago

March 24, 2019

इटालीको सहज जित

82 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८ मा छनोट हुन नसकेको इटालीले युरो कप छनोटअन्तर्गत शनिबार फिनल्यान्डलाई २-० ले पराजित गरेको छ ।

मोइस किन गोल गरेपछि खुसी मनाउँदै

खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि इटालीले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको ७४ औं मिनेटमा १९ वर्षीय मोइस किनले गोल गर्दै अग्रता दोब्बर पारे । उनले चिरो इम्मोबिलेको पासलाई सदुपयोग गर्दै राष्ट्रिय टोलीका लागि दोस्रो खेलमा नै पहिलो गोल गर्न सफल भए ।

पछिल्लो १८ खेलमा इटालीले दुई वा सोभन्दा बढी गोल गरेको यो दोस्रो अवसर हो । इटालीका लागि खेलको अन्त्यतिर फेडेरिको बर्नार्डेसकीले गोलअन्तर बढाउने अवसर गुमाएका थिए । त्यस्तै फिनल्यान्डका टिमु पुक्कीले पनि पोस्ट नजिकैबाट गोल गर्न सकेनन् ।

समूह ‘जे’ को अन्य खेलमा ग्रिसले लिक्टेनस्टाइनलाई २-० ले पराजित गर्यो । विजयी टोलीका कोन्स्टाटिनोस फोर्तोउनिश र अनास्तासियोस दोनिसले १-१ गोल गरे । बोस्निया एन्ड हर्जगोभिनाले अर्मेनियालाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बोस्नियाको जितमा रादे क्रुनिच र देनिल मिलोसेभिचले गोल गरे ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.