6 years ago
March 24, 2019
एजेन्सी – कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि युरो छनोटअन्तर्गत समूह ‘एफ’ को खेलमा शनिबार स्पेनले नर्वेलाई २-१ ले पराजित गरेको छ ।
खेलको १६ औं मिनेटमा रोड्रीगो मोरेनोले स्पेनलाई अग्रता दिलाएका थिए । तर ६५ औं मिनेटमा नर्वेका लागि जोशुआ किङ्गले पेनाल्टीमा गोल फर्काए । त्यसको ५ मिनेटमै स्पेनले पनि पेनाल्टीको अवसर प्राप्त गर्यो ।
गोलरक्षक रुने जार्सटेनले अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान रामोसले पनेन्का पेनाल्टी प्रहार गर्दै जारि सिजनको १६ औं गोल प्रहार गरे । रामोसले यसै सिजन मात्र १० गोल पेनाल्टीमा गरेका छन् । उनले आफ्नो करिअरमा ९० गोल पुर्याएका छन् ।
सन् १९६४, २००८ र २०१२ मा युरो कप जितेको स्पेनले खेल अवधिभर बल पोसेसनमा पकड बनाएपनि गोल गर्न भने सकेन । चेल्सीबाट एटलेटिको म्याड्रिड पुगेका फरवार्ड अल्भारो मोराटाले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए ।
समूहकै अन्य खेलमा माल्टाले फारो आईल्याण्डलाई २-१ तथा स्विडेनले रोमानियालाई २-१ ले नै पराजित गरे । तीनै विजयी टोली ३-३ अंक लिएर समूहको शीर्ष स्थानमा छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]