6 years ago
March 23, 2019
एजेन्सी – विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा मोल्डोभामाथि सहज जित निकालेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले मोल्डोभामाथि ४–१ को सहज जित निकालेको हो ।
मोल्डोभाको मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजमन, राफाएल भरान, ओलिभर जिरुड र केलियन एमबाप्पेले गोल गरे । घरेलु टोलीका भ्लादिमिर एमब्रसले सान्त्वना गोल फर्काए ।
एकपक्षीय बनेको खेलमा विश्वविजेता फ्रान्सले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा पल पोग्वाको पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा रापइल भरानले गोल गर्दै अग्रता दोब्बर बनायो । ३६औं मिनेटमा ओलिभर जिरुले गाल गरेपछि ब्लेस माथुडीको पासलाई सदुपयोग गरेपछि फ्रान्स पहिलो हाफमै ३–० ले अघि बढेको थियो ।
८७औं मिनेटमा युवा फरवाडै केलियन एमबाप्पेले गोल गरेपछि फ्रान्स फराकिलो जिततर्फ खग्रसर बनेको थियो । तर, त्यसको २ मिनेटपछि घरेलु टोलीका भ्लादिमिरले गोल गर्दै गोल अन्तर कम गरेपनि त्यसपछि थप गोल हुन नसक्दा फ्रान्स ४–१ ले विजयी हुन सफल भयो ।
यही समूहको अर्काे खेलमा आईसल्यान्डले एन्डोरालाई तथा टर्कीले अल्वानियालाई समान २–० को नतिजामा पराजित गर्दै ३ अंक जोडेे । आईसल्यान्डको जितमा विरकिर बीजार्नासन र भिदारअर्न कृजार्नासनले समान १ गोल गरे । टर्कीलाई जिताउन बुराक यिल्माज र हाकन कलहानोग्लुले गोल गरे ।
सन् २०२० को युरोकपको लागि अहिले युरोपका विभिन्न ५५ राष्ट्रलाई ८ समुहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले अर्काे चरणमा स्थान बनाउनेछन् ।
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]