6 years ago
March 23, 2019
एजेन्सी – नियमित कप्तान लिओनेल मेसी विश्वकपपछि टोलीमा फर्किएको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भएको छ ।
रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिनाको चुनौती समाप्त भएको थियो । मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेलमा टोलीमा सामेल भएनन् । ३१ वर्षीय मेसीले शुक्रबार भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै टोलीलाई जित दिलाउन भने सकेनन् ।
भेनेजुएलाका लागी खेलको छैटौं मिनेटमा नै सालोमोन रोन्डोनले सुरुवाती गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले एक गोल फर्काएपनि जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई २ गोलले अगाडी पारे ।
प्रशिक्षक लिओनेल स्कालोनीले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन, माउरो इकार्डीलगायत फरवार्डहरुलाई टोलीमा समावेश गरेका थिएनन् । स्कालोनीले पाउलो डीबालालाई पनि बेन्चमा नै सिमित राखेका थिए । कप्तान मेसी पनि चोटका कारण मोरोक्कोविरुद्ध अर्को खेल खेल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको ग्रोइनमा हल्का समस्या देखिएकाले विश्राम गर्ने निर्णय लिएका हुन् ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]