6 years ago
March 22, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ ।
विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो । नेपालको भने उपाधि यात्रामा भारत लगातार बाधक बन्यो । नेपाल सबै संस्करणमा भारतसँग पराजित हुन पुग्यो । अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो ।
निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काइन् ।
खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।
३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदिति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् । उनलको सुरुवाती प्रहार अदितिले रोकेपनि दोस्रो प्रहारले भने पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफमा नेपालले पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेल्न नसक्दा पराजित हुन पुग्यो । ६३औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २–१ ले पछि परेको थियो । उनले एकल प्रयासमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।
७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गरेपछि नेपालको आशा समाप्त भएको थियो । नेपाल चौथोपटक फाइनलमा पराजित भएको हो ।
March 27, 2025
सुमन अधिकारी, बुटवल चर्च ब्याइज युनाइटेड रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल बिहीवार १० खेलाडीमा सिमित मच्छिन्द्र एफसीलाई ४-१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको खेलको पाँचौं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भएको थियो । मच्छिन्द्रका रोशन […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानकोप्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ। मध्यपुर युथ एसोसिएसनलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्षस्थानमा कायमै रहेको हो। एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले ३० औं मिनेटमा अग्रता बनायो। कर्नरमा विशाल दर्जाको हेडर गोलमा परिणत भयो। पहिलो हाफ १-० को नतिजामा […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ । इन्जुरी समयसम्म अग्रतामा रहेको श्री भगवती अन्तिम समयमा गोल खाँदा १-१ को बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा भएको खेलको ३१ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गरे । उनको सुरूवाती प्रयास पोस्टमा लागेपनि रिबाउन्डमा आएको […]