default_image

6 years ago

March 22, 2019

भारत र नेपाल १-१ को बराबरीमा

115 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत खेलिरहेका छन् । पहिलो हाफको समाप्तिमा खेल १-१ को बराबरीमा रहेको छ ।

भारतले खेलमा अग्रता लिएपनि सावित्रा भण्डारीको गोलसँगै नेपाल उपाधि होडमा फर्किएको हो । विराटनगरस्थित सहिद मैदानमा जारी खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

तर, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदिति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् । उनलको सुरुवाती प्रहार अदितिले रोकेपनि दोस्रो प्रहारले भने पोस्टको दिशा लिन सकेन ।

घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको नेपालले खेलमा भारतलाई दवावमा राखेको थियो । खेलको सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा बक्सभित्र सावित्रा भण्डारी र दीपा राईले प्रयास गरेपनि सफल हुन सकेन । ११औं मिनेटमा रेनुका नगरकोटेको पासमा सावित्रा अफसाइड भइन् । १३औं मिनेटमा सावित्राको पासमा मन्जली कुमारी योन्जनको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

१९औं मिनेटमा सावित्राले कप्तान निरु थापाको पासमा एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २३औं मिनेटमा सावित्राले अनिताको अर्काे पासलाई सदुपयोग गर्न सकिनन् । १६औं मिनेटमा भारतकी सन्जुको बक्सबाहिरको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाइन् ।

दोस्रो हाफ केही बेरमा सुरु हुनेछ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.