default_image

6 years ago

March 22, 2019

उपाधि जिते प्रदेशले जनही २ लाख दिने

130 views

0 Bookmark

विराटनगर (हाम्रो खेलुकद) – प्रदेश नम्बर १ सरकारले विराटनगरमा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप जिते जनही २–२ लाख दिने घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का मिडिया अफिसर आयुष खड्काका अनुसार आज हुने भारतविरुद्धको फाइनल खेलमा जित हात पार्दै उपाधि जिते टिमका प्रत्येक खेलाडीलाई जनही २–२ लाख दिने घोषणा गरेको बताइएको छ ।

फाइनलमा पराजित भए जनही १–१ लाख दिने पनि बताइएको छ । नेपाल र भारतबीच अहिले दिउँसो ३ बजेपछि विराटनगरस्थित शहिद रंगशालामा फाइनल खेल हुँदैछ । नेपालले सेमिफाइनलमा श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ४–० को गोल अन्तरमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।

भारत चारै संस्करणको च्याम्पियन हो भने, नेपाल ३ संस्करणको उपविजेता र अघिल्लो संस्करणमा सेमिफाइनलमा रोकिएको थियो । पराजित भएको सबै खेलमा नेपाल भारतसँगै नै पराजित भएको हो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.