default_image

6 years ago

March 22, 2019

फाइनलको लागि टोलीमा परिवर्तन नहुने

116 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्दैछन् । उपाधि भिडन्तका लागि नेपालले सेमिफाइनलमा उत्रेको टोली नै उतार्ने भएको छ ।

नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध पनि नेपालले ३-० को जित दर्ता गर्दा सोहि टोली उतारेको थियो । पहिलो खेलमा अमृता जैशीलाई सेन्टर डिफेन्समा उतारेको नेपालले दोस्रो खेलदेखि भने पुनम जर्घामगरलाई निरन्तरता दिँदै आएको छ ।

नेपाली टोलीको गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बाले निरन्तरता पाउनेछिन् । डिफेन्समा गीता राना र पुनम जर्घामगरसँगै हिराकुमारी भुजेल र मनमाया लिम्बु रहनेछन् । मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटेको जोडीले खेल्नेछ । विंगरद्वय अनिता बस्नेत र मन्जलीकुमारी योन्जनले फरवार्ड सावित्रा भण्डारी र कप्तान निरु थापालाई सहयोग गर्नेछन् ।

नेपालले जारी प्रतियोगितामा ३ खेलमा १० गोल गर्दै सबै खेलमा क्लिन सिट राख्न सफल भएको छ । नेपालको लागि सावित्रा भण्डारीले सर्वाधिक ३, मन्जलीकुमारी योन्जनले २ तथा निरु थापा, रेखा पौडेल, अनिता बस्नेत र पुनम जर्घामगरले १-१ गोल गरेका छन् । नेपालले बंगलादेशविरुद्ध एक गोल आत्मघाती गोलको रुपमा उपहार पाएको थियो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.