6 years ago
March 22, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेड तथा इंग्ल्यान्डका युवा फरवार्ड मार्कुस रासफोर्डले युरोकप छनोटको शुरुवाती दुई खेल गुमाउने भएको छ ।
रासफोर्डले प्रिमियर लिग अन्तरगत लिभरपुलविरुद्धको खेलमा चोट बोेकेका थिए । चोटका बावजुत पनि इंग्ल्यान्डले उनलाई विशेष उपचारसहित टिममा समावेश गरेका थिए ।
तर, फिट हुन नसकेपछि रासफोर्डले चेक रिपब्लिक र मोन्टेनेग्रोविरुद्धको छनोटका दुई खेल गुमाउने छन् । २१ वर्षीय रासफोर्डको स्थानमा जर्मन क्लब बोरुसिया डर्टमन्डका जाडोन सान्चो र चेल्सीका कलुम हडसन ओडोइले मौका पाउन सक्नेछन् ।
युरो छनोटको समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले आज राति चेक रिपब्लिकसँग खेल्ने छ । त्यसपछि इंग्ल्यानडले २६ मार्चमा मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]