6 years ago
March 22, 2019
एजेन्सी – फिफा विश्वकप २०१८ को उपविजेता क्रोएसियाले तुलनात्मक रुपमा कमजोर अजरबैजानमाथि २-१ को संघर्षपूर्ण जित दर्ता गरेको छ ।
खेलको १९ औं मिनेटमा रमिल सेयादेवले गोल गरेपछि घरेलु मैदानमा क्रोएसिया पछाडी परेको थियो । पहिलो हाफको अन्तिम समयमा बोर्ना बारिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको नियमित समयको ११ मिनेट बाँकी रहँदा आन्द्रे क्रामारिचले गोल गर्दै क्रोएसियालाई पहिलो खेलमा ३ अंक दिलाए ।
समूह ‘ई’ कै अर्को खेलमा स्लोभाकियाले हंगेरीलाई २-० ले पराजित गर्यो । स्लोभाकियाको जितमा ओन्रेज डुडा र अल्बर्ट रुस्नाकले १-१ गोल गरे । यसै समूहमा रहेको वेल्सले भने कुनै खेल खेलेन ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]