default_image

6 years ago

March 22, 2019

कुवेतविरुद्ध बराबरीमा ५ खेलाडीको डेब्यु

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले शुक्रबार कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीको नतिजा हासिल गर्यो । नवनियुक्त प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ नयाँ खेलाडीलाई मैदान उतारे ।

कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका खेलाडी

कालीनले पहिलो रोजाइमा नै डिफेन्डर अजित भण्डारीलाई मौका दिएका थिए । नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका अजितले प्रशिक्षणमा प्रभावशाली प्रदर्शन गरेपछि डिफेन्सको मध्यभागमा देवेन्द्र तामाङसँग खेलेका थिए । खेल अवधिभर नेपाली टोली कुवेतको आक्रमण विफल पार्न नै व्यस्त रहँदा अजितले पनि सन्तोषजनक प्रदर्शन गरे ।

पुलिसकै मिडफिल्डर रवी पासवानले पनि कुवेतविरुद्ध डेब्युको अवसर पाए । रवीले खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै रवीले डेब्यु गर्ने मौका पाएका हुन् । रवीले खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । राष्तिर्य टोलीमा परेको पहिलो अवसरमा नै रवीले डेब्यु गर्ने मौका पाएका हुन् ।

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रवीले यसअघि मनाङ मर्स्याङदी क्लबबाट पनि खेलिसकेका छन् । उनले मोफसलको प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् । रवीले धनगढीको खप्तड गोल्डकपमा सर्वोत्कृष्ट खेलिद घोषित हुँदै स्कुटर पनि जितेका थिए ।

कुवेतविरुद्ध पहिलो रोजाईको टोली

फरवार्ड विमल रानाले पनि कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरे । खेलको ७३ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै विमलले डेब्यु गर्ने अवसर प्राप्त गरे । उनले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै मैदान प्रवेश गरेका हुन् । लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबका लागि खेल्दै आएका विमलले पछिल्लो समय विदेशी खेलाडीको उपस्थितिमा पनि क्लबमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

मनाङका डिफेन्डर सुरज विकले पनि डेब्युको अवसर पाए । सुरजले अजित भण्डारीको स्थानमा ८३ औं मिनेटमा मैदान छिर्दै राष्ट्रिय टोलीका लागि पहिलो खेल खेले । नेपाल पुलिस क्लबमा रहँदा केहि समय नियमित राष्ट्रिय टोलीको क्याम्पमा परेका सुरज अन्तिम टोलीमा भने पहिलो पटक परेका हुन् ।

त्यसअघि मिडफिल्डर सन्तोष तामाङले पनि पहिलो पटक राष्ट्रिय टोलीको जर्सी पहिरिए । खेलको ८१ औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै मैदान प्रवेश गरे । त्रिभुवन आर्मी क्लबका सन्तोष पछिल्लो समय आर्मीको मुख्य खेलाडीका रुपमा स्थापित हुँदै आएका छन् ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.