default_image

6 years ago

March 21, 2019

किरण चम्कँदा कुवेत बराबरीमा रोकियो

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ ।

खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा कुवेतले जित दर्ता गर्न सकेन । अजित भण्डारीले लामो पास क्लियर गर्ने क्रममा एयर बलमा खुट्टा प्रयोग गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर कुवेतका खेलाडीको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।

खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।

प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ खेलाडीलाई डेब्यु दिएका थिए । उनले मिडफिल्डरद्वय रवी पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज विक र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्रदान गरे । विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए ।

नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.