6 years ago
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले र कुवेतबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनमा नेपालले कुवेतको आक्रमक रणनीतिलाई असफल पार्न सकेको हो । निकै आक्रामक खेल प्रस्तुत गरिरहेको करिब आधा दर्जन पोस्टको आक्रमणलाई गोलरक्षक किरणले विफल पारेका छन् ।
प्रशिक्षक योहान कालीनको रक्षात्मक रुपमा खेल्ने रणनीतिलाई कुवेतले चिर्न सकेको छैन । आक्रमणमा नेपालले बिरलै बल अगाडी बढाउने मौका पाएको छ । नेपालले हालसम्म पोस्टमा डरलाग्दो आक्रमण गर्न सकेको छैन । कालीनले डिफेन्डर अजित भण्डारीलाई यस खेलमा डेब्यु दिएका छन् ।
नेपाल विरुद्ध कुवेत :
किरण चेम्जोङ
रञ्जित धिमाल – देवेन्द्र तामाङ – अजित भण्डारी – विराज महर्जन (कप्तान)
सुजल श्रेष्ठ – विक्रम लामा – रोहित चन्द – सुमन लामा
भरत खवास
नवयुग श्रेष्ठ
वैकल्पिक खेलाडीहरु : विकेश कुथु, विशाल श्रेष्ठ, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, रवि पासवान, टंक बस्नेत, आशिष लामा, रन्जन विष्ट र विमल राना
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]