default_image

6 years ago

March 21, 2019

कुवेतविरुद्ध सुरुवाती ११ घोषणा, अजितको डेब्यु

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । नवनियुक्त प्रशिक्षक योहान कालीनले जिम्मेवारी लिएपछिको पहिलो खेल नेपाली समयानुसार ९:१५ बजे सुरु हुनेछ ।

प्रशिक्षक कालीनले कुवेतविरुद्ध खेलमा डिफेन्डर अजित भण्डारीलाई पहिलो रोजाइमा उतारेका छन् । उनको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हो । उमेर समूहका कुनै प्रतियोगिता नखेलेका अजित राष्ट्रिय टोलीमा स्थान बनाएको दोस्रो प्रयासमा डेब्यु गर्न सफल भएका छन् । अजित यसअघि सन् २०१५ मा पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा परेपनि मैदानमा उत्रन भने पाएका थिएनन् ।

अजितसँगै सेन्टर डिफेन्समा देवेन्द्र तामाङ रहनेछन् । उनलाई कप्तान विराज महर्जन र रञ्‍जित धिमालले साथ दिनेछन् । गोलरक्षक किरण चेम्जोङले नै पोस्ट सम्हाल्नेछन् । मिडफिल्डमा विक्रम लामा र रोहित चन्दको जोडीले मध्यभागमा खेल्नेछन् । सुमन लामा र सुजल श्रेष्ठले विङ्गरको भूमिका निर्वाह गर्दै आक्रमणलाई सहयोग गर्नेछन् । आर्मीका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठले अग्रपंक्तिको जिम्मेवारी निभाउनेछन् ।

नेपाल विरुद्ध कुवेत :

किरण चेम्जोङ
रञ्‍जित धिमाल – देवेन्द्र तामाङ – अजित भण्डारी – विराज महर्जन (कप्तान)
सुजल श्रेष्ठ – विक्रम लामा – रोहित चन्द – सुमन लामा
भरत खवास
नवयुग श्रेष्ठ

वैकल्पिक खेलाडीहरु : विकेश कुथु, विशाल श्रेष्ठ, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, रवि पासवान, टंक बस्नेत, आशिष लामा, रन्जन विष्ट र विमल राना

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.