default_image

6 years ago

March 21, 2019

खेलाडी हुँदाकै अधुरो सपना पूरा गर्ने लक्ष्य

89 views

0 Bookmark

प्रकाश तिमल्सिना, विराटनगर

खेलाडीका रुपमा हरि खड्काको नेपाली फुटबलमा बेग्लै पहिचान छ । राष्ट्रिय टोलीमा संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहेका हरिले आफूलाई प्रशिक्षकको रुपमा पनि पछिल्लो समय प्रमाणित गर्दै आएका छन् । राष्ट्रिय टोलीमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेपनि उनले उपाधिको स्वाद भने चाख्न पाएनन् ।

उनी खेलाडी हुँदा सन् १९९९ मा काठमाडौंको दशरथ रंगशालामा दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को फुटबल फाइनलमा बंगलादेशविरुद्ध उत्रेका थिए । त्यतिबेला नेपाल फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुँदा उपाधि जित्ने खड्काको पुस्ताकै सपना अधुरो रहेको थियो ।

खेलाडीका रुपमा पुरा गर्न हुन नसकेको सपना खड्का प्रशिक्षकका रुपमा पुरा गर्न दृढ छन् । त्यो सफलताको उनी नजिक पनि छन् । विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिपमा उनको प्रशिक्षणमा रहेको नेपाली टोली शुक्रबार भारतसँग फाइनल खेल्ने तयारीमा रहेको छ ।

नेपाली फुटबलका सफल स्ट्राइकर मध्येका एक पूर्व कप्तान खड्का भन्छन्, ‘खेलाडीका रुपमा पुरा गर्न नसकेको सपना प्रशिक्षकका रुपमा पुरा गर्न चाहन्छु । हामी त्यसका लागि तयार छौं ।’ खेलाडीका रुपमा फाइनल खड्काले खेलेको २० वर्षपछि उनको नेतृत्वमा महिला टोलीले फाइनल खेल्न लागेको छ ।

साफको त्यो संस्करणसम्म पुरुष फुटबलमा सिनियर टोलीबीच प्रतिस्पर्धा हुन्थ्यो । सन् २००४ को इस्लामावाद साग (तत्कालिन साफ हालको दक्षिण एसियाली खेलकुद साग) देखि यू-२३ टोलीबीच प्रतिस्पर्धा हुन थालेको हो । यति बेला भारतविरुद्ध महिला टोली उपाधि भिडन्तमा उत्रंदा खड्का टच लाइनमा हुनेछन् ।

खेल जीवन बिट मारेका उनको यात्रा प्रशिक्षकका रुपमा अघि बढेको छ । खेलाडीका रुपमा सफल रहेका खड्का प्रशिक्षणमा भने जम्ने क्रममै छन् । नेपालका लागि सर्वाधिक १३ गोल गर्ने मध्येका एक खड्का खेलाडी र प्रशिक्षक हुँदाको अनुभव विल्कुल फरक हुने बताउँछन् । ‘ खेलाडी हुँदा आफ्नो जिम्मेवारीका बारेमा मात्र सोच्दा पुग्छ ,’ उनले भने, ‘प्रशिक्षकका रुपमा सबै पक्षलाई ध्यान राख्नुपर्दछ । प्रशिक्षक पद दबाबपूर्ण हुन्छ । ‘

खड्काले महिला फुटबल प्रशिक्षकका रुपमा सफलताको एकपछि अर्को खुड्किलो चढ्दै आएका छन् । यति बेलाका लागि उनको ठूलो लक्ष्य टोलीलाई साफ च्याम्पियनसिप जिताउनु छ । नेपालले अहिले सम्म महिला वा पुरुष कुनै टोलीले पनि साफ च्याम्पियनसिपको उपाधि जितेको छैन । यो उपाधि दिलाउन सके खड्कालाई सफल नेपाली प्रशिक्षकका रुपमा स्थापित गर्न मद्दत पुग्नेछ ।

यसै वर्ष महिला टोलीको बागडोर सम्हालेका खड्काले नेपाललाई ओलम्पिकको दोस्रो चरणमा छनोट गर्दै आफुमा प्रशिक्षण क्षमता पनि उत्तिकै रहेको संकेत गरिसकेको छन् । म्यानमारमा कात्तिकमा भएको ओलम्पिक छनोटमा पार गर्न नेपाल सफल भएको थियो । जहाँ नेपाल र भारतको खेल १–१ को बराबरीमा सकिएको थियो ।

भारतविरुद्धको त्यो प्रदर्शन सन्तोषजक मान्नुपर्दछ । किनकी त्यसअघि अधिकांश खेलमा नेपाल भारतसँग पराजित हुँदै आएको छ । साफ च्याम्पियनसिपका सुरुवाती तीन संस्करणमा नेपाली टोली भारतसँग नै पराजित थियो । तीन वर्षअघि चौथो संस्करणमा पनि नेपाली टोलीको यात्रा भारतले नै सेमिफाइनलमा रोकेको थियो ।

फेरि एकपटक नेपालले फाइनलमा भारतलाई नै प्रतिद्वन्द्वीको रुपमा प्राप्त गरेको छ । ओलम्पिक छनोट पछि नेपालले भारतमाथि अर्को सफलता प्राप्त गरेको थियो । भारतीय भूमिमा नै नेपालले भारतमाथि २–१ जित निकाल्दा खड्कालाई टोलीको प्रशिक्षक थिए । हिरो कपको उक्त सफलतापछि नेपाली टोली निरन्तर प्रशिक्षणमा छ ।

खड्काको नजरमा भारतीय टोली अहिले पनि नेपाली टोलीभन्दा माथि छ । तर, यसपटक फरक भनेको भारतसँगका पछिल्ला दुई भेटको सुखद नतिजा, सकारात्मक सोच र दृढताकै कारण सफलता पाउनेमा खड्का आशावादी छन् । खेलाडीका रुपमा खड्काले प्राप्त गर्न नसकेको सफलता प्रशिक्षकका रुपमा प्राप्त गर्न सक्छन् सक्दैनन्, त्यसका लागि शुक्रबार साँझ सम्म प्रतिक्षा गर्नुपर्नेछ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.