6 years ago
March 21, 2019
विराटनगर (हाम्रो खेलुकद) – पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिको लागि शुक्रबार नेपाल र भातरबीच प्रतिस्पर्धा हुदैछ ।
खेल विराटनगरस्थित सहिद रंगशालामा दिउसो ३ बजेपछि शुरु हुनेछ । विराटनगरमा बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले दक्षिण एसियामा भारत बलियो भएपनि यसपटकको साफमा भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने बताएका छन् ।
‘दक्षिण एसियामा भारत बलियो र स्थापित टोली हो । हामीले पनि फाइनलसम्मको यात्रा तय गरेका छौं । हामी पनि स्थापित हुने क्रममा छौं,’ प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले भने, ‘हामीले भारतसँग यसअघि दुई खेल खेलेका छौं । जसमा एक जित र एक बराबरी छ । टिमको मनोवल उच्च रहेको छ । उनीहरुको विङ्समा केही राम्रो देखिएको छ । हामी उनीहरुलाई रोक्दै उपाधि जित्ने लक्ष्यमा हुनेछौं ।’
यस्तै प्रशिक्षक खड्काले टिम व्यालेन्स रहेकाले पनि अिल बढी मिहेनत गरेर खेले भारतलाई पराजित टिम उपाधि जित्न सक्षम रहेको बताए ।
‘ यसअघिका चार संस्करणमा नेपाल भारतसँगै पराजित छ । भारत अपराजित रहँदै चारै संस्करणको च्याम्पियन हो । हामी साफमा भारतको वर्चस्व तोड्न चहान्छौ,’ प्रशिक्षक खड्काले भने, ‘हामी फाइनलका लागि तयार छौं । मलाई लाग्छ, भोलि हाम्रो दिन हो । हामी टोटल फुटबल खेल्दै उपाधिका लागि प्रयास गर्नेछौं ।’
प्रशिक्षक खड्काले टिमको मुख्य हतियार फाइटिङ स्प्रिट रहेको र भारतसँगको डोमिनेटिङ नेचर हटेका कारण अलिकति बढी मिहेनत गरे उपाधि जित्न सकिने दावी गरे ।
सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । नेपाल चौंथो पटक साफको फाइनलमा प्रवेश गरेको हो । भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको थियो ।
निरु थापा (कप्तान, नेपाल)
कोचले सिकाएको अनुसार खेल्नेछौं । ब्याक टु ब्याक भारतसँग राम्रो नतिजा आइरहँदा मनोवल उच्च छ । पहिले भारत भन्ने बित्तिकै एक किसिमको डर उत्पन्न हुने गर्दथ्यो । यसपटक टिम वर्कका कारण त्यो डर हटेको छ ।
मायामोल रक्की (प्रशिक्षक, भारत)
घरेलु टोलीसँगको फाइनल रोमाञ्चक हुने अपेक्षा गरेका छौं । नेपालले राम्रो खेल्दै बलियो टोली हो । उनीहरुलाई घरेलु मैदानको साथ रहेपनि हामी जित्नको लागि खेल्नेछौं । हरेक खेल नयाँ हुने । अघिल्ला दुई खेल भन्दा पनि हामीले भोलिको खेलको लागि सोचेको ।
आशालतादेवी (कप्तान, भारत)
हामी पाँचौ उपाधि जित्न आएको हौं । हामी त्यसको लागि प्रयास गर्नेछौं ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]