6 years ago
March 21, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले सर्वियासँग बराबरी खेलेको छ । जर्मनी घरेलु मैदानमा सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खराव लयमा रहेको जर्मनी खेलको १२औं मिनेटमा नै पछि परेको थियो । लुका जोभिकले हेडमार्फत गोल गरेपछि सर्विया खेलमा अघि बढेको थियो । नेमान्जा माकसिमोभिकको पासमा गोल गरेका थिए ।
युवा खेलाडीको बाहुल्यता रहेको जर्मनीले सुरुमै पछि परेपनि सर्वियामाथि लगातार आक्रमण बुनेपनि गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनी बराबरी गोल गर्नबाट चुकिरहेको थियो । तर, ६९औं मिनेटमा लियोन गोरेट्काको गोलबाट बराबरी गोल गर्न सफल भयो । लियोनले मार्काे रिउसको पासमा गोल गरेको थियो ।
खेलको अन्त्यतिर सर्विया १० खेलाडीमा सीमित बनेको थियो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सर्वियाका मिलान पाभकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
युरोकप छनोट खेल्ने तयारीमा रहेको जर्मनीलाई बराबरीले धक्का लागेको छ । विश्वकप फुटबलमा नराम्रोसँग पराजय बेहोरेपछि नयाँ युगको शुरुवात गर्ने लक्ष्यमा रहेको जर्मनीले यसैसाता नेदरल्यान्डसँग खेल्दैछ ।
अर्काे मैत्रीपुर्ण खेलमा वेल्सले ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले हरायो । वेल्सको जितमा वेन्जामिन वुडवनले गोल गरे ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]