default_image

6 years ago

March 20, 2019

भारत साफ च्याम्पियनसिपको फाइनलमा, बंगलादेश पराजित

110 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– भारत महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशलाई बुधबार दोस्रो सेमिफाइनलमा ४–० ले हराउँदै भारत उपाधि नजिक पुगेको हो । भारतले शुक्रबार नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भारतका लागि इन्दुमती काथेरासेनले २, डालिमा चेबेर र मनीषाले समान १ गोल गरेकी थिइन् । एकपक्षिय खेलको १८ औं मिनेटमा डालिमाको गोलबाट भारतले अग्रता बनाएको थियो । कर्नरमा आएको बललाई बंगलादेशकी गोलकिपरले पन्च गर्न नसकेपछि डालिमाले नजिकबाट गोल गरेकी थिइन् ।

इन्दुमतीले २३ औं र ३७ औं मिनेटमा गोल गर्दै भारतको अग्रतालाई फराकिलो बनाइकी थिइन् । मनीषाले इन्जुरी समयमा चौथो गोल गरेकी थिइन् । भारत र बंगलादेशबीच अघिल्लो संस्करणको फाइनल भएको थियो ।

भारतले यसअघिका सबै चार संस्करण जितेको थियो । आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.