6 years ago
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो सेमिफाइनलको पहिलो हाफमा भारतले ३–० को अग्रता लिएको छ । यो खेलको विजेताले शुक्रबार नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
भारतका लागि इन्दुमती काथेरासेनले २ र अर्को गोल डालिमा चेबेरले गरेकी थिइन् । एकपक्षिय खेलको १८ औं मिनेटमा डालिमाको गोलबाट भारतले अग्रता बनाएको थियो । कर्नरमा आएको बललाई बंगलादेशकी गोलकिपरले पन्च गर्न नसकेपछि डालिमाले नजिकबाट गोल गरेकी थिइन् ।
इन्दुमतीले २३ औं र ३७ औं मिनेटमा गोल गर्दै भारतको अग्रतालाई फराकिलो बनाइकी थिइन् । भारत र बंगलादेशबीच अघिल्लो संस्करणको फाइनल भएको थियो । भारतले यसअघिका सबै चार संस्करण जितेको थियो ।
आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।
March 19, 2025
सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]