6 years ago
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपको उपाधिका लागि फेरि एक पटक नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघिका ४ मध्ये सुरुवाती तीन संस्करणको फाइनल खेलेका नेपाल र भारतले विराटनगरमा जारी च्याम्पियनसिपको सेमिफाइनलमा आज जित निकाल्नै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
सहिद रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले हराएको थियो । अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।
च्याम्पियनसिपमा भारत सबै पाँच संस्करणको फाइनल खेल्ने एक्लो टोली हो । त्यसपछि नेपाल चार पटक फाइनल पुग्न सफल भएको छ । बंगलादेशले एक पटक फाइनल खेलेको छ । यसअघिका चारै संस्करण भारतले जितेको थियो ।
नेपाल भने ५ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१६ मा भारतको सिलगुढीमा भने नेपालको यात्रा सेमिफाइनलमा टुंगिएको थियो । त्यति बेला पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।
साफ च्याम्पियनसिपमा नेपालले हराउन नसकेको भारत एक्लो टोली हो । त्यसबाहेक सबै टोलीमाथि नेपाल जित हासिल गर्दै आएको छ । पहिलो पटक घरेलु भूमिमा आयोजित च्याम्पिनसिप जित्ने अपेक्षा गरिएको छ ।
त्यसका कारण भनेको केहि साता अघि भारतमा भएको हिरो गोल्ड कपमा नेपालले भारतलाई हराएको थियो । नेपालको महिला फुटलब इतिहासमा भारतमाथि त्यो नेपालको पहिलो जित थियो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]