default_image

6 years ago

March 20, 2019

फराकिलो जितसँगै नेपाल फाइनलमा

99 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । यो नेपालको चौथो फाइनल यात्रा हो ।

शहिद रंगशालामा पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरले गोल गरेपछि नेपालले अग्रता लिएको थियो । निरु थापाले दिएको एक्रोब्याटिक पासमा सावित्रा भण्डारीको हेडरले पोस्टको दिशा लिन नसक्दा पुनमले ६ यार्ड बक्स भित्रबाट गोल गरेकी हुन् ।

खेलको दोस्रो हाफमा नेपालले आक्रमक खेल प्रस्तुत गर्दै ३ गोल थप्यो । ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन् । विपक्षी गोलकपिरबाट रिबाउन्ड भएको बलमा अनिताले गोल गरेकी थिइन् । जारी प्रतियोगितामा अनिताको यो पहिलो गोल हो ।

८२ औं मिनेटमा सावित्रा भण्डारीले तेस्रो गोल गरिन् । उनले अनिताको क्रसमा पेनाल्टी क्षेत्रभित्रबाट हेडरमा गोल गरेकी हुन् । परिवर्तित खेलाडी रेखा पौडेलले ८६ औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई ४–० बनाएकी थिइन् । अनिताले प्रहार गरेको बललाई रोक्दै रेखाले गोल गरेकी थिइन् । रेखा ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाँउमा मैदान प्रवेश गरेकी थिइन् ।

नेपालले शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनल भारत र बंगलादेशबीच बुधबार ३ः०० बजे सुरु हुनेछ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.