6 years ago
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधि दावेदार नेपालले श्रीलंकाविरुद्ध पहिलो सेमिफाइनलमा पहिलो हाफमा १–० को अग्रता लिएको छ ।
खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलबाट नेपालले सेमिफाइनलमा अग्रता लिएको हो । पेनाल्टी बक्स भित्र सावित्रा भण्डारीले हेडमार्फत दिएको पासमा ६ यार्ड बक्सबाट पुनमले सहजै गोल गरेकी थिइन् ।
श्रीलंकाविरुद्ध यसअघिका सबै खेलमा हावी हुँदै आएको नेपालले पहिलो हाफको खेल सकिदा सन्तोषजक प्रदर्शन गर्न सकेको छैन । नेपाली टोलीले केहि आक्रमण गरेपनि बल मैदान बीचमै बढी खेलिएको थियो ।
१० औं मिनेटमा अनिता बस्नतेको कर्नरमा कप्तान निरु थापाको हेड पोष्टमाथिबाट बाहिरिएको थियो । १६ औं मिनेटमा सावित्राको प्रहार विपक्षी किपरले सहजै नियन्त्रणमा लिइन् । ३५ औं मिनेटमा मन्जलीकुमारी योञ्जनको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।
श्रीलंकाले पनि एउटा राम्रो अवसर खेर फालेको थियो । कप्तान इरान्डी लियागेंको वान भर्सेस वान प्रहारलाई गोलकिपर अन्जली सुब्बाले रोकिन् ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]