6 years ago
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्धकै पहिलो रोजाईलाई श्रीलंकाविरुद्ध उत्रार्ने तयारी गरिरहेका छन् ।
गोलकिपर एन्जिला तुम्बापो सुब्बा छिन् भने डिफेन्समा गीता राना, हिराकुमारी भुजेलसँगै मनमाया लिम्बू र पुनमले उनीहरुलाई साथ दिनेछन् । मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटे रहनेछन् ।
विङ्गमा अनिता बस्नेत र मन्जलीले आक्रमणलाई सहयोग दिनेछन् । कप्तान निरु थापा र सावित्रा भण्डारीले अग्रपक्तिको मोर्चा सम्हाल्नेछन् ।
महिला साफ च्याम्पिययनसिपमा नेपाल र श्रीलंकाले दोस्रो पटक एकअर्काको सामना गर्दैछन् । खेल आज बिहान ११ः०० बजे सुरु हुँदैछ । सेमिफाइनलका लागि दुवै टोली रंगशालामा वार्म अप सुरु गरिसकेका छन् ।
विराटनगरको सहिद रंगशालामा जारी पाँचौं संस्करणको च्याम्पियनसिपमा नेपाल र भारत दुई अपराजित टोली हुन् । यी दुई टोलीलाई नै प्रतियोगिताको मुख्य दाबेदारका रुपमा हेरिन्छ । भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो ।
यसअघिका सबै चार संस्करण भारतले जितेको थियो । त्यसपछिको सफल टोली नेपाल हो । नेपालले सुरुवाती तीन संस्करणमा भारतसँग फाइनल खेलेको थियो । सन् २०१६ को चौथो संस्करणमा भने नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन । जहाँ नेपाल भारतसँगै पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपाल पाँचौं पटक साफ च्याम्पियसिपको सेमिफाइनल खेल्ने तयारीमा रहेको छ । पछिल्लो संस्करणमा बाहेक नेपालले सुरुवाती तीन संस्करणको सेमिफाइनलमा गोल खानु परेको थिए । पहिलो र दोस्रो संस्करणको सेमिफाइनलमा समान ३–० को जित निकालेको नेपालले तेस्रो संस्करणमा भने बंगलादेशलाइ १–० को झिनो अन्तरले हराएको थियो ।
भारतको सिगुढीमा भएको पछिल्लो संस्करणमा भने नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा भारत र बंगलादेशले एक अर्काको सामाना गर्नेछन् ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]