6 years ago
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दोस्रो पटक एकअर्काको सामना गर्दैछन् । खेल आज बिहान ११ः०० बजे सुरु हुँदैछ । सेमिफाइनलका लागि दुवै टोली रंगशालामा पुगिसकेका छन् ।
विराटनगरको सहिद रंगशालामा जारी पाँचौं संस्करणको च्याम्पियनसिपमा नेपाल र भारत दुई अपराजित टोली हुन् । यी दुई टोलीलाई नै प्रतियोगिताको मुख्य दाबेदारका रुपमा हेरिन्छ । भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो ।
यसअघिका सबै चार संस्करण भारतले जितेको थियो । त्यसपछिको सफल टोली नेपाल हो । नेपालले सुरुवाती तीन संस्करणमा भारतसँग फाइनल खेलेको थियो । सन् २०१६ को चौथो संस्करणमा भने नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन । जहाँ नेपाल भारतसँगै पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपाल पाँचौं पटक साफ च्याम्पियसिपको सेमिफाइनल खेल्ने तयारीमा रहेको छ । पछिल्लो संस्करणमा बाहेक नेपालले सुरुवाती तीन संस्करणको सेमिफाइनलमा गोल खानु परेको थिए । पहिलो र दोस्रो संस्करणको सेमिफाइनलमा समान ३–० को जित निकालेको नेपालले तेस्रो संस्करणमा भने बंगलादेशलाइ १–० को झिनो अन्तरले हराएको थियो ।
भारतको सिगुढीमा भएको पछिल्लो संस्करणमा भने नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा भारत र बंगलादेशले एक अर्काको सामाना गर्नेछन् ।
पछिल्ला चार संस्करणमा नेपालको सेमिफाइनल प्रदर्शन
सन् २०१०
नेपाल ३ – बंगलादेश ०
सन् २०१२
नेपाल ३ – श्रीलंका ०
सन् २०१४
नेपाल १- बंगलादेश ०
सन् २०१६
भारत ३- नेपाल १
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]