9 years ago
April 29, 2016
काठमाडौं, वैशाख १६ –
भारतमा भएको १२ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक विजेता खेलाडीलाई उज्यालोले नगद पुरस्कारसहित सम्मान गरेको छ । उज्यालो नाइन्टी नेटवर्क र उज्यालो अनलाइनको मातृ संस्था कम्युनिकेशन कर्नरले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा सागका स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।
फुटबलतर्फ स्वर्ण पदक जित्ने टिमलाई ५० हजार रुपैया तथा उसुकी स्वर्ण विजेता निमा घर्ती मगर र जुडोकी स्वर्ण पदक विजेता फुपु ल्यामुखत्रीलाई जनही १० हजार रुपैयाा नगद पुरस्कारसहित सम्मान गरिएको हो । खेलाडीहरुलाई सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नगद हस्तान्तरण गर्नुभएको थियो । फपु तालिमका क्रममा हंगेरीमा रहेकीले उनको तर्फबाट नगद पुरस्कार दिदी डोल्माले थापेकी थिइन् ।
सागको फुटबल फाइनलमा भारतलाई हराउादै नेपालले स्वर्ण पदक जिते लगत्तै उज्यालोले खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यहि घोषणा अनुसार खेलाडीलाई नगदसहित सम्मान गरिएको कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले बताए । नगद पुरस्कारसहित सम्मानित भएपछि नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले यो सम्मानले आफूहरुलाई खुसी लागेको र हौसला बढेको बताए । ‘हाम्रो हौसला बढाउन सम्मान गनुभएको धन्यवाद ।’ उनले भने ‘हामीले अझै मेहनत गरेर तपाईंहरुलाई अझै धेरै खुसी दिने छौं ।’
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]