default_image

6 years ago

March 20, 2019

नेपालको नजर उपाधि भिडन्तमा

59 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार श्रीलंकाको सामना गर्दैछ । खेल विहान ११ बजे शहिद रंगशालामा हुनेछ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका प्रशिक्षक हरि खड्काले सेमिफाइनलको लागि टोली पूर्ण रुपमा तयार रहेको बताए । ‘हामी प्रतियोगिताको सेमिफाइनल खेल्दैछौं । टोली शारीरिक र मानसिक रुपमा तयार छ । श्रीलंकाभन्दा हामी बलियो नै छौं तर प्रशिक्षणमा तयार गरेको रणनीतिलाई प्रयोग गर्दै फाइनल यात्रा तय गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

प्रशिक्षक खड्काले नेपाल बलियो भएपनि श्रीलंकालाई सहज रुपमा भने नलिएको बताए । ‘श्रीलंकाभन्दा हामी राम्रो टोली हौं । भारतले ५ गोल खाएको छ तर हामीले आफूलाई उपाधि दावेदारको रुपमा प्रस्तुत गरिरहँदा श्रीलंकाले केहि रक्षात्मक रणनीति अपनाउने अपेक्षा गरेको छु । त्यसको लागि पनि हामी तयार नै छौं,’ उनले भने, ‘ टोलीमा केहि परिवर्तन हुने वा नहुने अहिले भन्न सक्ने अवस्था छैन ।’

प्रशिक्षक खड्काले फाइनल पुग्दा राम्रो प्रदर्शन गर्दै कुनै गोल नखाने लक्ष्य राखेको बताए । ‘ स्कोर यति गर्ने तोक्नु भन्दापनि कुनै गोल नखाने हाम्रो लक्ष्य छ । राम्रो फुटबल खेल्ने र जित हासिल गर्दै फाइनलमा स्थान पक्का गर्ने सोच रहेको छ,’ उनले थपे, ‘ फाइनल पुग्नेभन्दा सेमिफाइनलमा नै ध्यान दिएका छौं । फुटबल हो, कहिलेकहीं नतिजा उल्टिन पनि सक्छ । हामीले होसियार भएर, आफ्नो रणनीति अनुसार खेल्नेछौं । शारीरिक रुपमा श्रीलंका बलियो रहेकाले हामीले एकल प्रयासभन्दा टोलीको योजनाअनुसार खेल्नेछौं ।’

नेपाल र श्रीलंकाली हालसम्म ५ पटक एकआपसमा खेलेका छन् । सबै खेलमा नेपालले नै जित दर्ता गरको छ । पछिल्लोपटक नेपाल र श्रीलंकाको भेट भारतको सिलिगुडीमा भएको चौथो साफ च्याम्पियनसिपको समूह चरणको खेलमा भएको थियो जसमा नेपाल १-० ले विजयी रहेको थियो ।

खेलमा नेपालले विपक्षी श्रीलंकालाई कमजोर रुपमा नलिएको कप्तान निरु थापाले बताएकी छिन् । ‘ हामीले श्रीलंकालाई कमजोर रुपमा लिएका छैनौं । खेलअघि नै डोमिनेट गर्न खोज्दा मैदानमा प्रदर्शन बिग्रन सक्छ,’ उनले भनिन्, ‘ विगतको तुलनामा श्रीलंकाको आक्रमण र मिडफिल्ड केहि सुधारिएको पाएका छौं । हामी जितको लक्ष्य लिएर नै मैदान उत्रनेछौं ।’

कप्तान थापाका अनुसार नेपालको आक्रमण र डिफेन्स पछिल्लो समय केहि बलियो देखिएको छ । ‘हाम्रो आक्रमण र डिफेन्स बलियो पाटो हो । मिडफिल्डमा भने केहि सुधार हुन सक्छ । मिडफिल्डबाट आक्रमणमा राम्रो बल आउने हो भने हामीले अझै राम्रो नतिजा हासिल गर्न सक्छौं,’ उनले भनिन्, ‘ आक्रमणमा हामीले थप मिहिनेत गर्न पनि जरुरि छ । भोलिको खेलका लागि एक ढिक्का भएर नतिजा हासिल गर्नेछौं ।’

बुधबारै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन् । भारत समूह बी को विजेता हो भने बंगलादेश समूह ए मा नेपालभन्दा पछाडी रहेर सेमिफाइनलमा प्रवेश गरेको थियो । भारतले साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म हार बेहोरेको छैन र पछिल्ला चारै संस्करणमा उपाधि हात पारेको छ । यता नेपाल भने ३ पटक उपविजेता भैसकेको छ भने बंगलादेश पछिल्लो संस्करणको उपविजेता हो ।

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.