6 years ago
March 19, 2019
दिपक बोहोरा, इलाम
माईभ्याली गोल्डकपको पाँचै सैस्करणको उपाधि क्यामरुनी क्लब दाउफिन्स फुटबल क्लबले जितेको छ । यसअघि ३ वटा गोल्डकपको उपाधि जितेको दाउफिन्स इलाममा पनि बाजी मार्न सफल भएको हो ।
मंगलबार इलामको ठुलो टुडिखेलमा भएको फाइनलखेलमा नेपालको ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई २–० गोल हराउदै दाउफिन्सले उपाधि जितेको हो । दाउफिन्सको जितमा ओवाना र पेटेङले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा यान्निकले गोल गर्दै दाउफिन्सलाई सुरुवाती अग्रता दिलाएका । त्यसपछि खेलको १९ औं मिनेटमा पेटेङले हेड गोल गर्दै दाउफिन्सको अग्रता २–० को बनाए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र दाउफिन्सले उपाधिमा कब्जा जमायो ।
उपाधिसंगै दाउफिन्सले ७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको शेर्पाले ४ लाखमा चित्त बुझायो । दाउफिन्सले यसअघि पोखरामा मनकामना कप, धरानमा बुढासुब्बा गोल्डकप र बुटवलमा तिलोत्तोमा गोल्डकप जितेको थियो ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]