6 years ago
March 19, 2019
एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोजे मोउरिन्होले फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि उत्कृष्ट खेलाडी हुने बताएका छन् ।
मोउरिन्होले एमबाप्पेको उमेर र अविश्वनीय क्षमताले उनलाई मेस्सी र रोनाल्डाको स्तर भन्दा माथि जाने बताएका हुन् । ‘फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को युवा स्टार एमबाप्पेले फ्रान्सलाई फिफा विश्वकप लिग वान च्याम्पियन बनाएका छन् । यतिमात्र हैन उनले ५५ भन्दा बढी गोल गरेका छन्,’ इंग्लिस क्लब म्यानचेस्टर सिटीका पुर्व प्रशिक्षक मोउरिन्होले बि इन टेलिभिजनसँगको अन्तरवार्तामा भनेका छन्, ‘अब नै मेस्सी र रोनाल्डोको प्रदर्शनमा भन्दा एमबाप्पेको प्रदर्शनमा फरक देखिनेछ । मेस्सी र रोनाल्डो ३० कटेका छन् । एमबाप्पे मात्रै २० लागेका छन् । उनले नेयमारलाई समेत पछि पार्नेछन् ।’
‘एक खेलाडीको रुपमा एमबाप्पेलाई हेरौ । उनको फुटबल यात्रा ५ वर्ष मात्र हैन । अझै १० वर्षभन्दा बढी जानेछ । हामी एमबाप्पेमै केन्द्रित हौं । उनी साँचै अविश्वनीय छ ।’ मोउरिन्होले भनेका छन् । मोउरिन्होले मेस्सी ३१, रोनाल्डो ३३ र नेयमार २७ वर्ष लागिसकेको अब उमेरले पनि एमबाप्पेलाई साथ दिने बताए ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]