9 years ago
April 29, 2016
हिजो भएको युरोपा लिगको सेमिफाइनल राउण्ड अन्तर्गतको खेलमा लिभरपुलले भिल्लारियलसँग १-०को पराजाय भोगेको छ, अर्को शाख्तार र सेभिल्लाको खेल भने २-२मा अन्त्य भएको थिए । दुबै खेल पहिलो लेग हो ।
लिभरपुल र भिल्लरियल बिरुद्को खेलमा दुबै टोली उस्तै देखिएको थियो, खेलको एकमात्र गोल स्पेनिश फर्वार्ड एड्रीयन लोपेजले गरेका थिए, उक्त गोलको लागि घरेलु टोलिले ९०मिनटसम्म कुर्न परेको थियो । खेलको एक मात्र पहेलो कार्ड घरेलु टोलिका कोस्टाले ६०औ मिनटमा पाएका थिए । लिभरपुलका प्रमुख फर्वार्ड बेन्टेके चोटका कारण ९०औ मिनटमा मात्र मैदानमा प्रवेश गरेका थिए ।
अर्को खेल मा युक्रेनको टोली शख्तारले घरमै सेभिल्लासँग २-२को ड्र खेलेको हो, घरेलु टोलिको लागि मार्लोस र तारसले गोल गरेका थिए भने सेभिल्लाको लागि भिटोलो र गामिरोले गोल गरेका थिए ।
दोस्रो लेगको खेलहरु अर्को हप्ता खेलिने छ ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्याटगरी ‘सी’ का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सम्पन्न भएको छ । सहभागी सात टिमले ड्राफ्टबाट २७ खेलाडी टिममा भित्र्याएका छन् । पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी टिममा भित्र्यायो । बाँकी ६ टिमले समान ४-४ खेलाडीलाई आबद्ध गरेका छन् । […]
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]