default_image

6 years ago

March 18, 2019

फाइनलको लागी शेर्पा र दाउफिन्स तयार

124 views

0 Bookmark

दिपक बोहोरा, इलाम

पूर्वको प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेलका लागी हिमालयन शेर्पा र दाउफिन्स फुटबल क्लब तयार रहेको दुबै क्लबले जानकारी दिएका छन् ।

माइभ्याली गोल्डकपको पाँचौ संस्करणको फाइनल भोली मंगलबार इलामको ठुलो टुडीखेलमा हहुँदैछ । दुवै क्लबले उपाधि आफ्नो हुने दावी गरे । हिमालयन शेर्पा क्लव काठमाडौं र क्यामरुनको दाउफीन्स फूटबल क्लब यो सिजन पहिलो पटक प्रतिस्पर्धा गर्ने भएका हुन । फाइनलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा दुबै टिम फाइनलको लागी तयार रहेको बताए ।

क्यामरुने टिम दाउफीन्स सशक्त रुपमा उत्रने तयारीमा रहेको छ । दाउफीन्सले यो सीजनमा नै नेपालमा तीन उपाधि हात पारेको छ । हिमालयन शेर्पा पनि जारी प्रतियोगिताकै क्रममा साविक विजेता थ्री स्टार क्लवलाई पराजित फाइनल सम्म आइपुगेको छ ।

दुवै टिमका टीम प्रशिक्षक गोल्डकपको उपाधि रक्षा गर्ने दावि प्रस्तुत गरेका छन् । दाउफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले विगतदेखि खेलेका खेल तरिका अपनाएर खेल्ने बताए । जित सहजै भए पनि शेर्पालाई कमजोरी आँक्न नसकिने बताए । यता हिमालय शेर्पाका प्रशिक्षक बिजेन्द्र पुडाशैनीले सबै खेलाडीले राम्रो खेलिरहेकाले जित हात पार्ने दावी गरे ।

सबै विभागीय टिम बाहिरिए पछि दाउफिन्सले दर्शकको राम्रो साथ पाएको छ । गत फागुन २६ देखि शुरु भएको माइभ्याली गोल्डकपमा देश विदेशका दश टिम सहभागि भएका थिए । प्रतियोगिताको विजेता टोलीले सात लाख रुपैयाँ हात पार्नेछ ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.