default_image

6 years ago

March 18, 2019

हामेसको ह्याट्रिकमा बायर्नको फराकिलो जित

114 views

0 Bookmark

एजेन्सी – हामेस रोड्रिग्वेजको ह्याट्रिक मद्दतमा जर्मन च्याम्पियन बायर्न म्युनिखले मेन्जमाथि गोलको वर्षा गरेको छ ।

हामसेसको ह्याट्रिकसँगै घरेलु टोली बायर्नले मेन्जमाथि ६–० को फराकिलो जित निकालेको हो ।
बायर्नका रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान र अलफोन्सो डेभिजले समान १ गोल गरे । एकपक्षीय खेलमा बायर्नले पहिलो र दोस्रो हाफमा समान ३ गोल गरे ।

खेलको तेस्रो मिनेटमै रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो । ३३औं मिनेटमा हामेसले गोल गर्दै अग्रता दोब्बर बनायो । ३९औं मिनेटमा किङ्सलेले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनायो ।

दोस्रो हाफमा पनि बायर्नले गोल गर्ने क्रमलाई रोकेन । खेलको ५१औं मिनेटमा हामेसले गोल गर्दै खेललाई ४–० को अवस्थामा ल्याए । त्यसको ४ मिनेटपछि अर्थाथ ५५औं मिनेटमा हामेसले अर्काे गोल गर्दै ह्याट्रिक पुरा गरेपनि बायर्न ५–० ले अघि बढ्यो । ७२औं मिनेटमा अलफन्सोले गोल गर्दै बायर्नलाई ६–० को फराकिलो जित दिलाए ।

जितसँगै बायर्न पुनः बुन्डेस लिगाको शीर्षस्थानमा फर्किएको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई गोल अन्तरमा पछि पारेको हो । दुवै टोलीको समान खेलबाट ६० अंक रहेको छ । मेन्ज ३० अंकसहति १३औं स्थानमा छ ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.