6 years ago
March 17, 2019
एजेन्सी – रेलिगेसन जोनको फुलहममाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले फुलहमाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । जितसँगै लिभरपुलले ३१ खेलबाट ७६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको हो ।
फुलहमको मैदानमा लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता बनाएको थियो । मानेले ब्राजिली रोबर्टाे फिर्मिनोको सुन्दर ब्याक हिल पासमा उत्तिकै सुन्दर फिनिस गरेका थिए । ३५औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको प्रहारलाई फुलहमका गोलरक्षकले बचाएका थिए ।
५६औं मिनेटमा फाविन्होको प्रहारलाई गोलरक्षकले बचाए । ६४औं मिनेटमा फ्लोएडले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरे ।
७४औं मिनेटमा गोलरक्षक र डिफेन्डरबीच तालमेल नमिल्दा लिभरपुलका पुर्व खेलाडी रायन बावेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । कप्तान जेम्स मिल्नरको खराव क्लियरेन्सलाई अर्काे डिफेन्डर भान डाइक ढिला गरी हेडमार्फत ब्याक पास दिदा बाबेलले लिभरपुलका गोलरक्षक इलिसन बेकरले भेट्न नपाउदै वान टचमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
८०औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बढाउने मौका पायो । फुलहमका गोलरक्षक सर्जियो रिकोले मानेलाई फल गरेपछि रेफ्रीले लिभरपुललाई पेनाल्टीको मौका दिएको थियो । जसलाई कप्तान मिल्नरले कुनै गल्ती नगरी गोल गरे । त्यसपछि पनि लिभरपुलले केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा फुलहममाथि २–१ को संघर्षपुर्ण जित निकायो सफल भयो ।
लिभरपुलसँगको हारसँगै फुलहम भने रेलिगेसनमा पर्ने पक्का भएको छ । प्रिमियर लिगमा ७ खेल बाँकी रहँदा फुलहमले ३१ खेलबाट १७ अंक जोडेको छ । जुन रेलिगेसन नहुनेभन्दा १३ अंक कम हो । बर्नली ३० अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]