6 years ago
March 17, 2019
एजेन्सी – स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा इटालियन च्याम्पियन युभेन्टस २-० ले पराजित भएको छ ।
जिनोआको घरेलु मैदानना भएको खेलमा पराजित हुँदै युभेन्टसले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । च्याम्पियन्स लिगमा उत्कृष्ट कमब्याक गर्दै क्वाटर फाइनलमा स्थान बनाएको युभेन्टसले रोनाल्डोलाई विश्राम दिएको हो ।
युभेन्टसका पूर्व मिडफिल्डर स्टेफानो स्टुरारोले दोस्रो हाफमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । घरेलु टोलीका ३५ वर्षे फरवार्ड गोरन पाण्डेभले ८१ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
युभेन्टसले दोस्रो हाफको सुरुआतमा पौलो ड्याबलाको गोलमा अग्रता लिएपनि भारले उक्त गोललाई अफसाइड ठहर गरेको थियो ।
युभेन्टसको यो २८ खेलमा पहिलो पराजय हो । ३ ड्र र २४ जितसंगै ७५ अंक सहित युभे लिगको शिर्ष स्थानमा छ । जितसंगै जिनोआ भने १२ औं स्थानमा उक्लिएको हो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]