default_image

6 years ago

March 17, 2019

हिमालयन शेर्पा माईभ्यालीको फाइनलमा

108 views

0 Bookmark

इलाम (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब काठमाडौं इलाममा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापालाई ३–० गोलको अन्तरले पाखा लगाउँदै शेर्पा उपाधि नजिक पुगेको हो ।

हिमालयन शेर्पालाई उपाधिनजिक पुर्याउन त्रिदेव गुरुङ, रवि थापा र विशन गुरुङको योगदान रह्यो । जितसँगै शेर्पाले उपाधिका लागि मंगलबार हुने फाइनलमा विदेशी टिम दाउफिन्स क्लब क्यामरुनसँगको भेट पक्का गरको छ । दाउफिन्स यसअघिको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै फाइनल प्रवेश गरिसकेको छ ।

पहिलो हाफमा नै अग्रता लिएको हिमालयन शेर्पाले दोश्रो हाफमा अग्रता बढाउँदै जित निश्चित गरेको थियो । सुरुवातदेखि नै दवदवा कायम गर्न सफल शेर्पाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । कर्नरको अवसरलाई सदुपयोग गर्दै हिमालयन शेर्पाका त्रिदेव गुरुङले हेडरमार्फत गोल गरी टिमलाई अग्रता दिलाए ।

दोश्रो हाफमा समेत हिमालयन शेर्पाले आक्रमक रणनीति लियो । झापालाई दवावमा राखेको शेर्पाले ६२ औं मिनेटमा पुनः गोल गर्यो । रवि थापाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोश्रो हाफको इन्जुरी समयमा विशन गुरुङले गोल गर्दै टिमलाई ३–० को जित निकाल्दै उपाधि नजिक पुर्याए । प्रिभाट गोहाको पासमा गुरुङले गोल गरेपछि अन्तिम समयमा खेलमा फर्कन कोसिस गरेपनि सफल हुन सकेन । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा झापा उपाधि चुम्ने सपना चकनाचुर पार्दै घर फर्कन बाध्य बन्यो ।

खेलको म्यान अफ दी म्याच विजेता हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । उनले नगद १० हजार पाए । क्वार्टरफाइनलमा हिमालयन शेर्पाले साविक विजेता थ्रीस्टार क्लब ललितपुरलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । झापाले पनि पहिलो संस्करणको विजेता विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई रोक्दै सेमिफाइनल प्रवेश गरेको थियो । हिमालयन शेर्पा क्लब र मेची नेत्रालय दुवै माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागी टिम हो ।

माइभ्याली फुटबल क्लबको आयोजनामा २६ फागुनदेखि संचालित प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता थियो । पूर्वी पहाडी क्षेत्रकै सर्वाधिक धनराशी मानिएको प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.